काठमाडौँ - दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।
त्यहाँको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूको नाम ठेगाना भने खुलेको छैन । सबैलाई नेपाल फर्काउने योजना बनाइएको अध्यागमन कार्यालयले जनाएको छ ।
सुवन अध्यागमन अधिकारीका अनुसार ४ जना कृषि तथा माछा पालन मौसमी काम (इ–८)का रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य ९ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
त्यसमध्ये २ जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।