काठमाडौं,२३ फाल्गुन, २०८१
अनलाईन बहस सम्बाददाता,
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा एक भव्य कार्यक्रम आयोजना गरिएको छ। मोतीदेवी स्मृति केन्द्रद्वारा अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आयोजित यस कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका आठ जना प्रेरणादायी महिलाहरुलाई सम्मान गरिएको छ। साथै, महिलाको संघर्ष, उपलब्धि र योगदानलाई उजागर गर्ने वृत्तचित्र सार्वजनिक गर्दै कृषि मेलाको समेत आयोजना गरिएको छ।
विशेष सम्मान प्राप्त महिलाहरू
१. श्री इन्दिरा सापारा – नेपालमा पहिलोपटक महिला स्वावलम्बनका लागि ढाकाको कपडा सिलाएर व्यवसायिक सफलता हात पार्नु भएको छ।
2. क. वृखमाया थामी – निरंकुश व्यवस्थासँग संघर्ष गर्दै परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।
3. श्री बसुन्धरा भुसाल – नेपाली चलचित्र जगतमा हाँस्य कलाकारको रूपमा अमिट छाप छोड्न सफल हुनु भएको छ।
4. श्री शण्डका थापा अधिकारी – समाजसेवा र सामाजिक विकासको क्षेत्रमा उदाहरणीय काम गर्दै वागलुङको विकासमा योगदान पुर्याउनु भएको छ।
5. श्री फूलमती प्रजा – चेपाङ समुदायकी संघर्षशील महिला, जसले वन तथा वातावरण संरक्षणदेखि स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ।
6. श्री राधा लक्ष्मी श्रेष्ठ – आफू जलन पीडित भएर पनि अन्य पीडित महिलाहरूको लागि प्रेरणाको स्रोत बन्न सफल हुनु भएको छ।
7. श्री भगवती खड्का – सबै चुनौतीहरू सामना गर्दै नेपालकी पहिलो महिला रेसलर बन्न सफल हुनु भएको छ।
8. श्री सुजल बम – जन्मजात वाक तथा श्रवण शक्ति गुमाएका तापनि अभिनय र कलामा अतुलनीय सफलता प्राप्त गर्नु भएको छ।
सम्मानित अतिथी प्रेरणादायी महिलाहरू
१. श्री शान्ति चहा – उश्मशीलताको क्षेत्रमा ऐतिहासिक योगदान पुर्याउँदै मिसाल कायम गर्नु भएको छ।
2. श्री सावित्री थापा
– समाज सेवामा महत्वपूर्ण योगदान पुर्याई आम समुदायलाई प्रेरित गर्नु भएको छ।
3. श्री पद्मा सना शाक्य – उद्यमशीलताको क्षेत्रमा उदाहरणीय काम गर्दै सफलताको नयाँ आयाम स्थापित गर्नु भएको छ।
4. श्री शान्ता माली – लोकतन्त्रप्रति समर्पित भएर योगदान पुर्याउँदै समरूपी नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नु भएको छ।
5. श्री लक्ष्मी शर्मा – सफल उद्यमीका रूपमा नेपाली बजारमा नवीनतम सोच प्रस्तुत गर्दै महिला सशक्तिकरणमा योगदान पुर्याउनु भएको छ।
6. क. शोभा देवकोटा – आमूल परिवर्तनको निम्ति अथक संघर्ष गर्दै महिला क्रान्तिकारीको पहिचान बनाउन सफल हुनु भएको छ।
7. श्री लाक्पा फेरि शेर्पा – पर्वतारोहण क्षेत्रमा नेपाललाई गौरवान्वित बनाउँदै पहिलो महिला पर्वतारोहीका रूपमा सफल यात्रा तय गर्नु भएको छ।
8. श्री मिथिला यादव – मिथिला आर्टको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको संस्कृति र कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ।
उक्त कार्यक्रममा महिला सशक्तिकरणका विषयमा छलफल गरिएको थियो। महिला नेतृत्व, उद्यमशीलता, सामाजिक योगदान तथा संघर्षशील महिलाहरूको प्रेरणादायी कथालाई उजागर गर्दै वृत्तचित्र पनि सार्वजनिक गरियो।
कार्यक्रममा प्रमुख वक्ताहरूले महिलाहरूको योगदानलाई उच्च सम्मान गर्दै श्रमिक महिलाहरूको हक, अधिकार र सशक्तिकरणको लागि समाजले अझ बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिए। साथै, कृषि मेलामार्फत स्थानीय उत्पादन प्रवर्द्धन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनाका बारेमा पनि चर्चा गरियो।
यस कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, महिला उद्यमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक मोतीदेवी स्मृति केन्द्रले आगामी दिनहरूमा पनि यस्ता सम्मान तथा सशक्तिकरणका कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।