काठमाडौँ, १९ जेठ अनलाइन बहस:
बृहद्चित्र
बृहद् चित्र के हो ? के यो हाम्रो समयका लागि वर्णनयोग्य बृहद् भविष्यको सचित्रात्मक कथन हो ? के यो वर्तमानमा हामीहरूले भोग्दै गरेको मृत्यु, पीडा तथा बर्बादीको समय हो ? अथवा केही अरु नै कुराको द्योतक ? के हाम्रा भत्कँदै गरेका क्षणिक, अन्यायपूर्ण, तानाशाहीपूर्ण, असमतापूर्ण र विभेदकारी परम्पराहरूले हामीलाई दिगोपना, न्याय, मानता र समावेशी स्वस्थ तथा अपेक्षित सिद्धान्तहरूलाई अवलम्बन गरेर नयाँ प्रणाली आविष्कार गर्न दवाव दिइरहेका छन् ? के यदि सबैका लागि दिगो मानव विकासरूपी समाजको निर्माण गर्न, पुनःसंरचना गर्न एउटा नयाँ अङ्गको रूपमा ‘समानुभूतिपूर्ण सभ्यता’ स्थापना गर्नका लागि यी चुनौतिहरू अवसरका रूपमा स्थापित हुँदैछन् ?
वर्तमानमा हाम्रा प्रणालीहरूले मानव जातिका लागि तथा अन्य कुनै पनि किसिमका प्राणी तथा समूहका लागि काम गरिरहेका छैनन् । वर्तमान समय संकटको समय भएकाले यसले हामीलाई डरलाग्दो सपनाबाट ब्युझाउँछ, जसले गर्दा हामी यो संसारको खुसियाली, भलाई तथा प्रगतिका लागि नयाँ ढाँचा निर्माण गर्न सक्छौं । समानुभूति जहिल्यै पनि मानवीय चेतनाको गहिरो अनुभूतिको रूपमा रहेको छ तथा वर्तमानमा जीवनयापनका लागि अत्यावश्यक छ र आपसी हित तथा भलाईको नयाँ सभ्यता निर्माणका लागि प्रेरणाको स्रोतको रूपमा देखापरेको छ । प्रत्येक दिन पटक पटक यो प्रमाणित हुँदैछ कि मानिसहरू एक अर्काप्रति जिम्मेवार तथा मित्रवत् बन्दैछन्, यद्यपि उनीहरू एक अर्काबाट धेरै टाढा छन् र फरक राष्ट्र, संस्कृति, धर्म, भाषाभाषी तथा जातजाति भएका मानिसहरू हुन् ।
मानवजाति आधारभूत रूपमा समानुभूतिपूर्ण प्रकृति भएका हुन्छन् किनभने हामी जुनसुकै राष्ट्र, संस्कृति, धर्मावलम्वी भए पनि मानवीय रूपमा गहिराइमा एक अर्कासँग अन्तर्सम्बन्धित छौं तथा एक अर्कामा आफ्नो अस्तित्व देख्छौं । हामी सबै खुसी, सुखी, स्वस्थ र मस्त रहन चाहन्छौं, हामी एक अर्कामा सुख दुःखको अनुभूति गर्छौं । हामी धेरै जना दाजुभाइ, दिदीबहिनी भएको एउटा ठुलो घरको परिवारका सदस्य हौं ।
हामी विश्व नागरिक हौं । अहिले यस दुनियाँमा सात अर्बभन्दा बढी मानिसहरू अद्वितीय प्रतिभा, सिर्जनशीलता, व्यापक समता र समझदारीपूर्ण विश्वासका साथ वर्तमानको भयावह संक्रमणकालीन अवस्थाबाट ग्रुजिरहेका छन् । यो समय आपूm लगायत अरु मानिसहरूको उद्धार गर्ने समय हो । अब विकसित हुने नयाँ सभ्यता एक अर्कामा अन्तर्निर्भर हुने सामाजिक सम्बन्ध प्राकृतिक तथा सरल पद्धतिमा आधारीत हुनेछ । सौर्य मण्डलको नवीकरणीय ऊर्जा, वायुर जलले हाम्रो सामाजिक तथा आर्थिक जीवनलाई दिगो तथा सरल बनाउनेछ । माटो, जल, वनस्पति र प्राणीहरूको प्राकृतिक प्रणालीको संरक्षणले सामूहिक कानुन र व्यक्तिगत व्यवहार दुबै पद्धतिलाई सार्थक बनाउने छ । शासन प्रणाली आर्थिक, राजनीतिक र सांस्कृतिक प्रवर्धन गर्नका लागि मात्र नभई सम्पूर्ण जनताको आवश्यकता र आवाजमा आधारित हुनेछ । जबाफदेहिता, पारदर्शिता र उत्तरदायीपन सरकारका सम्पूर्ण निकायमा विद्यमान भएको हुनेछ ।
आर्थिक प्रणाली सम्पूर्ण जनताका लागि समान रूपमा लागु गरिने गरी निर्माण गरिनेछ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय र स्थानीय आर्थिक प्रणाली सर्वसाधारणहरूको सुविधा तथा भलाईका लागि अधिकारमा आधारित हुनेछ । स्वास्थ्य सेवा तथा शिक्षा सरकारी नीति तथा व्यवहारमा नैसर्गिक तथा विश्वव्यापी अधिकारको रूपमा आधारित हुनेछ । सांस्कृतिक विविधताको प्रवर्धन हुनेछ तथा मानिसहरूले सांस्कृतिक विविधताको आनन्द लिनेछन् र एक अर्काप्रति भातृत्वको भावना विकास गर्न उत्साहित हुनेछन् । उत्पादन तथा उपभोगको पुरानो ढाँचा परिवर्तन हुनेछ र नयाँ ढंगको आपसी समझदारी, रचनात्मक अभिव्यक्ति तथा सिर्जनात्मकताका अन्यान्य स्वरुपको विकासले समाजको समृद्धिमा टेवा पु¥याउने छ । यो नयाँ सभ्यता मानव परियोजना र ग्रहरूपी पृथ्वीका लागि र पृथ्वीबासीहरूका बिचमा एउटा फक्री रहेको फूलको रूपमा एउटा अनुपम सौगात हुनेछ । के यो हाम्रा लागि एउटा समृद्ध समुदायको परिकल्पना हो ? म भन्छु, ‘हामीलाई परिकल्पना प्राप्त गर्न रचनात्मक छनोट गर्ने अधिकार छ, या त हामी मानवतापूर्ण दिगो संसार निर्माण गर्न अग्रसर छौं, या त संसारमा कहिल्यै नटुंगिने पीडादायी संकटमा फस्न चाहन्छौं ? फैसला हाम्रो हातमा छ ।
नवीन सभ्यताको अभ्युदय
हामीले अघिल्लो अध्यायमा पहिचान गरेका प्रत्येक चुनौतीहरू हाम्रा लागि समुदायलाई पुनः अध्ययन, खोज तथा आविष्कार गर्ने असंख्य आधार तथा अवसरहरू हुन् । हामीले अघिल्लो अध्यायमा पहिचान गरेका चुनौतीहरूले हामीहरूलाई समुदायको पुन अध्ययन, खोज तथा अनुसन्धान गर्न असंख्य अवसरहरू प्रदान गरेका छन् । हामीसँग यी चुनौतीहरूलाई समाधान गर्ने आवश्यक प्रक्रिया तथा प्रविधिहरू छन्तर यी चुनौतीहरूको सामना गर्ने सामुदायिक ऐक्यबद्धता तथा इच्छा शक्तिको कमी छ । यति नै बेला हामीले व्यक्तिगत अनुभव, चेतना, व्यवहार, सामुहिक संस्कृति र प्रणालीलाई रूपान्तरण गर्न अत्यावश्यक छ ।
यी चुनौतीहरू हाम्रा लागि प्रभावकारी अवसरका रूपमा छन्, जसले समुदायका तल्लो तप्काका मानिसहरूलाई सशक्तीकरण गर्दै उनीहरूलाई आफ्नो समुदायको विकास गर्न, समुदायको पुनर्निर्माण तथा रचना गर्न अवसर प्रदान गर्दछ । यी अवसरहरू दिगोपना, समानता, न्याय, सहभागिता, सहिष्णुता तथा अहिंसाको सिद्धान्तमा आधारित हुनेछन् । यसरी हामी सम्पूर्ण पृथ्वीवासीहरूका लागि सजिलैसँग समतामूलक समाजको निर्माण गर्न सक्छौँ । यस्तो समाजको निर्माण जसले प्रत्येक व्यक्तिमा भएको क्षमता, सीप, दक्षतालाई उजागर गर्न सक्षम बनाउँछ । वर्तमान चुनौतीभित्र नयाँ सभ्यताको उदय हुँदैछ । यो एउटा विश्वव्यापी दिगो मानवीय विकासमा आधारित सभ्यता हो । यो नयाँ सभ्यतामा मानिसहरूले आफू पृथ्वीबासी भएको, यो सुन्दर धरतीको एउटा महत्वपूर्ण अंग तथा जीवनशक्ति भएको चेतनालाई चरितार्थ गर्नेछन् । हामी सबै यो सुन्दर पृथ्वीका सन्तान हौँ । सबै मानव जातिका फरक फरक स्वरुपहरू हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरू हुन् । हामी सबैको एउटै साझा परिकल्पना/सपना छ अथवा हाम्रो भविष्यका लागि कुनै सपना नै छैन । मानिसहरूले समानुभूतिपूर्ण तथा समतामूलक व्यवहार गर्नेछन् । मानिसहरूले सिकाइ, सिर्जनशीलता तथा शान्तिको संस्कृतिलाई व्यवहारमा उतार्ने छन् । मानव जातिले प्रणाली, नीति र दिगो तथा न्यायपूर्ण समाजको विकास गर्नेछन् ।
समानुभूतिपूर्ण सभ्यतातर्फ समानुभूति करुणा होइन, तर सँगै दुख पीडा भोग्नुु—सहनु हो । यो स्नेहशील, सद्भावपूर्ण, सम्मानपूर्ण र समझदारीपूर्ण अनुभूति तथा सुख दुःख आदान–प्रदान गर्ने प्रक्रिया हो । करुणा समानुभूत गर्नु, महसुस गर्नु र उनीहरूका लागि उनीहरूसँगै हुनु हो । म तिमीसँग छु, तिमी एक्लो छैनौ । म तिमी जस्तै मानिस हुँ र तिमी पनि म जस्तै मानिस हौ । तिमी र म मा कुनै केही फरक छैन । हामी एक हौँ । हामी दुवै दुःख गर्छौं, सहन्छौं, अनुभूति गर्छौं । हामी दुवै खुसीको चाहना गर्छौं र दुःखबाट छुटकारा पाउने आशा तथा प्रयास गर्छौं । म तिमीलाई पीडाबाट राहत दिलाउने प्रण गर्छु । म तिमीलाई समानुभूतिपूर्ण समाजको सिर्जना गर्न आमन्त्रण गर्छु ।
सभ्यता भनेको ‘सभ्य’, ‘सभ्य नागरिक’ ‘सर्वसाधारण व्यक्ति’ अथवा ‘नागरिक सम्बन्धी’ क्रियाकलाप तथा व्यवहार हो, जो एउटा सभ्य नागरिकको रूपमा क्रियाशील हुन्छ । यसका धेरै आयामहरू हुन्छन् । जस्तैः सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय पक्षहरू । यी बाहेक सभ्यताभित्र व्यापक रुपमा मानव जातिका विभिन्न स्वरुपहरू, सम्पूर्ण विश्व समुदाय, पृथ्वीको सतह, ग्रह तथा सम्पूर्ण तारा मण्डल, मानव समुदाय र सम्पूर्ण ब्रह्माण्ड पर्न आउँछन् ।
अहिले (पनि) ‘समानुभूतिपूर्ण सभ्यता’ प्रादुर्भाव हुँदैछ । हामी समानुभूतिपूर्ण सभ्यताको विकास क्रममा हजारौं, लाखौं वर्ष अगाडिदेखि प्रयत्नरत छौं र अनेक मोडहरू पार गर्दै वर्तमान सामाजिक परिवेशमा आइपुगेका छौँ । के हामीले आजसम्म गरेका प्रयासभन्दा अझै बढी प्रयास गर्दै अगाडि बढ्नु छ ? के हामी वास्तवमा यसतर्फ अगाडि बढ्छौं त ? के वहाँ, तपाईं, हामी, म यो पृथ्वीमा बसोबास गर्ने प्रत्येक मनुष्यलाई हृदयदेखि नै स्वीकार्न तयार छौँ त ? के हाम्रा लागि यस पृथ्वीमा बसोवास गर्ने प्रत्येक व्यक्ति दिदीबहिनी–दाजुभाइ सरह हुन् त ? के हामी सबै
मिलेर दुःख, कष्ट, पीडाको सामना गर्न तयार छौं ? के हामी सबै मिलेर हामी सबैका दुःख कष्टबाट छुटकारा पाउन वा दिलाउन चाहन्छाँै त ? के हामी हाम्रा सफलता तथा खुसीमा दिल खोलेर हाँस्न सक्छौ त ? के हामी सबै मिलेर खुसी हुन चाहन्छौं त ? के हामी हामीभित्र भएका सम्भावना तथा आन्तरिक शक्तिलाई सामुहिक रूपमा उजागर गर्न सक्छौं त ? यो सम्भव छ, यो कुरा तपाईंलाई राम्ररी थाहा छ यो सम्भव छ । र यो वर्तमान समयमा हाम्रा लागि अपरिहार्य छ । के हामी सबै मिलेर उक्त अभियानलाई सफल बनाउन सकौंला अथवा यसका लागि प्रयास नै नगरौँला ? यो हाम्रो हातमा छ । छनोट तपाईँ, हामी सबैको हो। के हामी समानुभूतिपूर्ण सभ्यताका लागि एउटा योग्य तथा सक्षम प्रतिनिधि होइनौँ ? अवश्य हौँ । त्यसो भए आउनुहोस्, सँगसँगै मिलेर अघि बढौँ ।
हामी यस किसिमको सभ्यताको संरचना कसरी बनाउँला ? हामी यसलाई कसरी निर्माण गर्न सक्छौं ? कसरी हामी यी कुराहरूलाई हाम्रो विचार, व्यवहार, संस्कृति र पद्धति अनुसार सार्थक बनाउन सक्छौं ? आउनुहोस्, सबै मिलेर अन्वेषण गरौं । वास्तवमा धेरै मानिसहरू यस महान कार्यलाई मूर्तरुप दिन जुटिसकेका छन्। पृथ्वीलाई मायाँ गर्ने धेरै दयालु मानिसहरू तथा तिनीहरूका संस्थाहरू, संजालहरू र क्रियाकलाप संसारभरि नै कडा परिश्रमका साथ यसलाई सम्पन्न गर्न अग्रसर भइरहेका छन् । आउनुहोस्, प्रत्येकको कामको मूल्याङ्कन गरौँ, एक अर्कालाई धन्यवाद दिऔँ, उत्साहित गरौँ र सँगसँगै मिलेर अघि बढौँ ।
यसमध्ये केही जलवायुको खस्कँदो अवस्थाप्रति चिन्तित भई यसको अनुकूलन तथा सुधारमा होमिएका छन् भने नवीकरणीय ऊर्जा तथा दिगो विकासका लागि कडा परिश्रम गरिरहेका छन् । अरुहरू लैंगिक समताको विकास तथा प्रवर्धनमा कार्यरत छन् भने मानव अधिकारको रक्षा तथा उपभोगको क्षेत्रमा लागिपरेका छन् । यसै गरी अझ अरु व्यक्ति तथा संघसंस्थाहरू सामाजिक–आर्थिक न्याय, सांस्कृतिक तथा धार्मिक सहिष्णुता, सहभागीमूलक तथा पारदर्शी शासन, शान्ति स्थापना र पारमाणविक अस्त्र/शस्त्र निशस्त्रीकरण कार्य र आध्यात्मिक अभ्यास तथा ज्ञान, चेतना र बुद्धत्व प्राप्तिको दिशामा कार्यरत छन् ।
हो, यस्ता कार्यहरूलाई मूर्तरूप दिने सवालमा निःसन्देह अप्ठ्यारा, बाधा अड्चन तथा अवरोधहरू छन् । केही अदृश्य/अज्ञात शक्तिले ‘समानुभूतिपूर्ण सभ्यता’ को निर्माण असम्भव छ भनिरहेका छन्, संकेत गरिरहेका छन् । तिनीहरूले यो महान अभियानलाई पूर्ण हुन नदिन बाधा, अवरोध, चुनौती, समस्या खडा गर्नेछन् । तिनले भन्नेछन्, “मानव जाति कमजोर तथा स्वार्थी छ र तिनीहरूलाई नियन्त्रण तथा दण्डित गरिनुपर्छ ।” त्यो अज्ञात तथा ताकतवर शक्तिले शासन सञ्चालन शक्ति र नियन्त्रण शक्ति आफूसँग हुनुपर्छ भन्ने मान्यता राख्छ र अरुमाथि नियन्त्रण गर्न उक्त अभियानलाई सफल हुन दिने छैन । उसले आफ्नो शासन शक्ति प्रयोग गरेर असमतामूलक, अन्यायपूर्ण, अदिगोपन, असहभागीमूलक, असहिष्णु, हिंसात्मक तथा बर्बरतामा आधारित समाज स्थापना गर्नेछ । उनीहरूले आफ्नो उद्देश्यपूर्तिका लागि स्वेच्छाचारी ढंगले शक्ति प्रयोग गर्नेछन् । तर विश्वका सात अर्बभन्दा बढी मानिसहरू अवरोधलाई चिर्दै, परास्त गर्दै अगाडि बढ्नेछन् । चुनौती भयावह छ, जसलाई दबाउन मुस्किल छ, तर असम्भव छैन ।