images
images

हाम्रा संकट, चुनौती तथा कुटनीतिक युद्ध

अहिले इतिहासको धनुष न्याय, समानता, सहिष्णुता, सहभागिता र दिगोपनतर्फ मोडिएको छ । आज हामी देख्दैछौँ कि हाम्रा अभियान र लक्ष्यलाई जसरी भए पनि अवरोध गरी लक्ष्यमा पुग्न नदिने शक्तिहरू जुर्मुराउँदैछन् ।  ती व्यक्तिहरू जोड र घृणाले भरिएका छन्, तिनीहरू नै प्रत्येकको आँखा तथा जीवनशैलीका लागि संघर्ष गर्दै गरेको हामी देख्छौँ । हामी देख्छौँ, तिनीहरू जो लोभ र कृपणताले भरिएका छन् । तिनीहरू नै सबैका लागि आर्थिक तथा सामाजिक न्यायका लागि लडिरहेछन् । तिनै घमण्डले मात्तिएका मानिसहरू नै महिला तथा जोखिममा परेका मानिसहरूका लागि समान अधिकारका लागि लड्दैछन् । यसरी नै हामी देख्न सक्छौँ कि राजनीतिक प्रक्रियाका प्रत्येक तहमा समान सहभागिताका लागि अतिसम्पन्न मानिसहरू संघर्ष गर्दैछन् । साथै अपेक्षित, अपहेलित तथा भविष्यको सोच नभएका मानिसहरू दिगोपन र वातावरणीय संरक्षणका लागि संघर्ष गर्दैछन् । तर के यस प्रकारले हामी लक्ष्य प्राप्त गर्न सक्छौँ त ? 

 

जे भए तापनि अन्ततः विकृतिमाथि असल कृतिले विजय प्राप्त गर्नैपर्छ । असत्यमाथि सत्यको विजय हुनैपर्छ । डरमाथि सहिष्णुता, कृपणतामाथि उदारता, अन्यायमाथि न्याय, घमण्डमाथि समानता, पदसोपानतामाथि सहभागिता र विनाशमाथि दिगो विकासको जित हुनैपर्छ । तर यो विजय त्यतिबेला मात्र प्राप्त हुनेछ जब तपाईं, म र अरु सबै जना तथा सद्भाव र सदासयता भएका संसारभरिका मानिसहरू एकजुट भई हातेमालो गर्दै यसको सफलताका लागि क्षण—प्रतिक्षण क्रियाशील छौँ । यो हाम्रो संकट हो । यो हाम्रो चुनौती हो । यो हाम्रो पवित्र कुटनीतिक युद्ध हो । 

 

यो नवीन सोच भएका मानिसहरूले केही नयाँ काम गर्ने समय हो । म गलत प्रमाणित भएको छु । मैले सोचेको थिएँ, मानव समाजको पुनर्आविष्कार गर्न, मानव सभ्यताको निर्माण गर्न— जुन कुराहरू आवश्यक हुन्छन्, तीभन्दा फरक किसिमका कामहरू आवश्यक पर्दारहेछन् । म के कुरा बढीभन्दा बढी बुझ्दछु भने मानव समाजको पुनर्आविष्कार र पुनर्परिभाषालाई परिर्मार्जन गर्नु अन्य कुनै पनि कुराभन्दा कम महत्वका छैनन् । मानवजाति हो के त ? हामी को हो ? हाम्रो सार के हो ? हाम्रो उद्देश्य, प्रयोजन तथा नियति के हो ? हामी मुस्किलैले उपभोक्ता तथा विक्रेता बन्न सक्छौँ । हामी सजिलै उत्पादक तथा विक्रेता हुन सक्दैनौँ । हामी कुनै राज्यको नागरिक हुन सक्दैनौँ । हामी सामान्य प्राणी हुन सक्दैनौँ । तर त्यसो भए हामी को हौँ ? 

 

कहिलेकाहीँ हामी पूर्ण रूपले दुराचारी हुन्छौँ । हामी यातना दिन्छौँ, हत्या, बलात्कार, विनाश र चोरी गर्छौं । हामी युद्धमा सामेल हुन्छौँ र लाखौँ मानिसहरूको हत्या गर्छौं । हामी मानिसहरूलाई ग्यास च्याम्बरमा कोच्छौँ । हामी सामान्य काम गरेर जीवनयापन गर्ने तथा निशस्त्र मानिसहरूलाई घाँटी अठ्याएर मार्छौं । हामी निरीह तथा निर्दोष महिला, वृद्ध, अपाङ्ग र बालबालिकाहरूमाथि बम बर्साउँछौँ । हामी वायु, जल र माटो प्रदूषित गर्छौँ । हामी सानो खोरमा आफ्नो स्वाद तथा पेटपुजाका लागि जीवजन्तुहरू पाल्छौँ । हामी सम्पूर्ण प्राणी, जीवजन्तु, जाति, प्रजातिलाई नष्ट गर्छाैं । हामी वातावरणमा कार्बन डाइअक्साइड घुलमिल गराउँछौ । हामी वातावरणमा अत्यधिक तापक्रम बढाउने काम गर्छौँ, जसले जमिनको उर्वरा शक्तिमा ह्रास तथा बोटविरुवा, वनस्पतिलाई खङ्ग्र्याउँछ, आँधिहुरी, तुफान, बाढी, पहिरो र खडेरी निम्त्याउँछ । हामी को हौँ ? के हामी राक्षस हौँ ? 

 

अर्कातिर हामी कहिलेकाहीँ भगवानतुल्य देखिन्छौँ । हामी एक अर्कासँग जीवनचर्या सम्बन्धित कुराहरू आदान—प्रदान गछौँ । हामी हाम्रो प्राण अरुका लागि बाजी थाप्छौँ । हामी अरुलाई जन्म दिन्छौँ, पुनर्जन्म दिन्छौँ । हामी पालनपोषण, शिक्षादीक्षा प्रदान गर्छाैँ र अरुलाई मायाँ पनि गर्छौँ । हामी सुन्दर कलाकृति, संगीत तथा नृत्य रचना गर्छौँ । हामी ब्रम्हाण्ड, क्रमिक विकास र परमाणुहरूको महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गर्छाैं । हामी प्रेम तथा सत्य, समानुभूति र विवेकशील बुद्धिका बारेमा विश्वास सिर्जना गर्छाैं । हामी प्रत्येक दिन दया, विवेक, चेतनासम्बन्धी लाखौँ क्रियाकलाप गर्छाैं । हामी गरीबलाई सहयोग र रोगीलाई मल्हम लगाइदिने काम गर्छाैं । हामी सबैलाई उपयोगी तथा ग्राह्य हुने राजनीतिक प्रणालीमा सबैलाई सहभागी हुने अवसर सिर्जना गर्छाैं । हामी कमजोर तथा गरीब मानिसहरूको रक्षा गर्ने र न्यायलाई प्रवर्धन गर्ने नीति नियम तथा कानून बनाउँछौँ । हामी एक अर्कालाई सम्मान गर्छाैं र फरक लिङ्ग, जात, जाति, संस्कृति र धर्मलाई आदर गर्छाैं । हामी के हौँ ? के हामी भगवानका दूत हौँ या अवतार हौँ ? 

 

अनादि कालदेखि यो एउटा यक्ष प्रश्नको रूपमा रहेको छ, के हामी मानवजाति स्वर्ग र नर्कको बिचमा भगवानको दूत र राक्षसको संवाहकको रूपमा छौँ ? हामी यसमध्ये कुन छनोट गरौँला र यस धर्तीमा साकार तथा चरितार्थ गरौँला ? हामी हाम्रो खोरबाट, जंगलबाट धेरै टाढा आइपुगेका छौँ । हामी सात अरब मानिसहरू जस्तै शक्तिशाली रूपमा हुर्किएका छौँ । हामीहरूले ठूला तथा भव्य सहरहरू ठड्याएका छौँ । विशाल शरीरसहित र वायु तथा वायु तरङ्का माध्यमले मानव जातिलाई एक अर्कासँग सम्बन्ध तथा सम्पर्क गराएका छौँ । अब के गर्ने ? हामी कसरी जाग्ने, कसरी बिउँझिने ? कसरी हामी आवश्यक फड्को मार्छाैं ? हामी आफूलाई कसरी रूपान्तरण गरौँला ? हामी कसरी र के भएर मर्न चाहन्छौँ ? हामी कसरी आफूलाई पुनर्आविष्कार तथा पुनर्निर्माण गर्न चाहन्छौँ ? मेरो भूमिका के हो ? अनि तपाईंको ? तपाईं र म कसरी नवीनतम मानव बन्न सक्छौँ र कसरी तपाईं र म मिलेर नवीन समाजको निर्माण गर्न सक्छौँ ? 

 

नवीन तथा परिष्कृत मानवलाई थाहा छ कि प्रत्येक क्षण सिर्जनाको क्षण हो । म देवत्व परमशक्तिलाई रोज्छु कि विनाशलाई खोज्छु ? म प्रत्येक क्षण परमानन्दको बारेमा सोच्छु कि अवसादको आनन्दलाई रोज्छु । म समानुभूति, दया, विवेकशील बुद्धि, समझदारी, शान्ति र खुशीको रचना गर्न क्रियाशील छु कि घमण्ड, लोभ, डर, क्रोध, घृणा र हिंसा फैलाउन उद्दत छु । प्रत्येक क्षण हामी अवलोकन, विमर्श, व्याख्या, निर्णय र कार्य गरिरहेका हुन्छौँ ।  यही त हो नि गर्नुपर्ने । यो त्यही हो कि कसरी हामी क्षण प्रतिक्षण आफूलाई परिमार्जन तथा आविष्कार गरेर मानव जातिको पुनर्संरचना गर्छौँ र सबै मानवजाति मिलेर नयाँ समाजको पुनर्निर्माण गर्छौँ । नयाँ संस्कृति, नयाँ संस्थागत ढाँचाहरू र नयाँ नीति नियमहरू साथै नयाँ समानुभूतिपूर्ण सभ्यताको रचना गछौँ ।  अहिले संसारभरि लाखौँ नयाँ मानवहरू नयाँ सभ्यता निर्माणमा जुटेका छन् । हामीले केही नयाँ गर्ने उचित समय भनेको ठिक यही समय हो । 

 

कामले शंकालाई हटाउँछ 
न्यूयोर्क युनिभर्सिटी बाङ्गरमा पढ्ने मेरा विद्यार्थीहरूले साँच्चै मनैदेखि यो चिनियाँ उक्ति मन पराए जुन मैले उनीहरूका लागि हालै रणनीतिक व्यवस्थापन कक्षामा शिक्षण गरेको थिएँ, ‘कामले शंकालाई निवारण गर्छ, जुन सिद्धान्तले गर्न सक्दैन ।’ मिसन स्टेटमेन्ट अन्तर्गत पाँच वर्षे परिकल्पना निर्माण गरेको चार हप्तापछि आन्तरिक र बाह्य वातावरणलाई प्रवर्धन गर्न निषेध गर्ने तथा सहयोग पुर्याउने तत्वहरूको विश्लेषण तथा रणनीतिक दिशाहरू र उपायहरू निर्धारण गरिसकेपछि अन्त्यमा हामीले योजना, कार्यान्वयन तथा नेतृत्वले गर्ने कार्यका बारेमा निर्णय गर्यौँ । अकस्मात् यो सबै विचित्र तरिकाले स्पष्ट भयो । आहा ! त्यो त्यही हो, जतातिर हामी लम्किदैआइरहेका छौँ । कहाँनेर हामी पुग्ने ठाउँ आउँछ र त्यस कारण हामीले सोमबार बिहान गर्ने कार्यव्रmमहरूको निर्धारण गरेका छौँ । 

 

सहभागीमूलक रणनीतिक व्यवस्थापनले प्रभावकारी ढंगले काम गर्छ । मानिसहरू आफ्नोपन तथा स्वामित्वको आशा राख्दछन्, किनभने योजना बनाउँदा उनीहरूको सहभागिता थियो तथा योजना तर्जुमा गर्न उनीहरूले सहयोग गरेका थिए । उनीहरू पाँच वर्षे परिकल्पनालाई साकार पार्न पहिलो वर्षको कार्ययोजनालाई कार्यान्वयन गर्न उत्प्रेरित हुन्छन् र क्रमशः प्रत्येक वर्षको कार्ययोजना कार्यान्वयन गर्दै परिकल्पना प्राप्त गर्छन् । 
कसरी यो प्रविधिले संसारभरिका शासन प्रणालीहरूलाई यस प्रक्रियाकाका बारेमा सोच्न तथा अवलम्वन गर्र्न ध्यानाकर्षण गरायो ? कस्तो नतिजा प्राप्त होला यदि सहभागीमूलक रणनीतिक योजना समाजका प्रत्येक तप्कामा जस्तै गाउँ, सहर, देश, राज्य, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा नीति, कार्यक्रम तथा परियोजनाको संरचना तथा कार्यान्वयन व्यवस्थापिका निकायमा प्रयोग गरिन्थ्यो भने ? 

 

जतिबेला म युएनडीपीको कर्मचारी सदस्यको रूपमा काम गर्ने गर्थँे, मैले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सम्मेलन गोष्ठीहरूमा विभिन्न अवसरमा रणनीतिक कार्यशालाहरूको सहजीकरण गरेको थिएँ र यी कार्यशालाहरू नीति निर्माण गर्न, कार्यक्रमको डिजाइन गर्न, परियोजनाको योजना बनाउन, संस्थागत कार्य सम्पादन सुधार तथा सम्बोधन गर्न सञ्चालन गरिएका थिए । यसले प्रत्येक पटक प्रभावकारी ढंगले काम गर्यो । कार्यशालामा भाग लिने सरकारी सहभागीहरू, नागरिक समाज र निजी क्षेत्रका सहभागीहरूले दुई दिने कार्यशालामा मिलेर साझा परिकल्पना, नवप्रवर्तनकारी रणनीति कार्यहरू र प्रभावकारी कार्यान्वयन कार्ययोजना निर्माण गरे, जसले कार्यशालाको उद्देश्यलाई स्पष्ट पारेको थिथो । 

 

उनीहरू छक्क परे, कसरी हामी साझा बाटो पहिल्याउन सक्षम भयौँ । यो सहभागीमूलक रणनीतिक योजना कार्यशालाबाट सम्भव छ । युएनडीपीमा काम सुरु गर्नुभन्दा पहिले मैले राष्ट्रिय सरकारी संस्थाहरू, निजी कम्पनी, गैरसरकारी संस्थाहरू, सुदूर ग्रामीण क्षेत्र र अमेरिकी सहरका झुपडपट्टीहरूमा सहभागीमूलक रणनीतिक योजना कार्यशालाहरूको सहजीकरण गरेको थिएँ र मलेसिया, दक्षिण कोरिया, जमैका र भेनेजुएलामा प्रत्येक पटक कामले शंकालाई हटाइदियो, जुन शंका सिद्धान्त अथवा व्याख्याले हटाउन सक्दैनथ्यो । 

 

अहिलेको समय भनेको केही काम गरिहाल्ने समय हो । अब अझै जलवायु अस्तव्यस्तता, लैङ्गिक असमानता, आर्थिक र सामाजिक अन्याय, पदसोपान सरकार र सांस्कृतिक हिंसालाई हामी निरन्तरता दिन सक्दैनौँ । हामीले नवप्रवर्तनकारी कार्य गर्नुपर्छ । हामीले खनिज पदार्थ उत्खनन् तथा जीवाष्म उर्जाको दुरूपयोगलाई रोक्नैपर्छ । हामीले महिला तथा बालबालिकालाई सशक्तीकरण गर्नैपर्छ । हामीले रोजगारी सिर्जना तथा अवसर प्रदान गर्नैपर्छ । जीवनयापनलाई सहज बनाउन पर्याप्त पारिश्रमिक तथा ज्यालाको व्यवस्था गर्नैपर्छ । रुचि तथा क्षमता र आवश्यकता अनुसार सबैलाई सबै क्षेत्रमा सीपमूलक तथा रोजगारमूलक तालिम उपलब्ध गराउनै पर्छ । हामीले प्रजातान्त्रिक संगठनहरूलाई सुदृढ गर्नैपर्छ, जसले नीति निर्माण प्रक्रियामा प्रत्येकको सहभागिता र मतदान अधिकारलाई प्रत्याभूति तथा सुनिश्चित गर्न सकोस् । हामीले जुनसुकै धर्म, संस्कृति, जाति, आदिवासी, लिंग, भाषामा भएका सुधार वा व्यक्ति हुन्, उनीहरू प्रत्येकको मानव अधिकारको रक्षा गर्नैपर्छ । 

 

अहिले नै जुर्मुरिएर उठौ , मतदान गरौँ, आफ्ना विचार, भावना तथा चाहनालाई स्पष्ट रूपमा राखौ , लेखौँ, परिचालन गरौँ, आयोजना गरौँ, बहिष्कार गरौँ, दान, अनुदान गरौँ, स्वयंसेवकको रूपमा काम गरौँ, सहभागीमूलक अथवा विभिन्न क्षेत्र तथा पेसामा आबद्ध सबैलाई एक ठाउँमा राखेर रणनीतिक योजना तर्जुमा गरौँ । यसरी शंका आफै ओइलाएर, हराएर जाने छ र सबैखाले शंकाको निवारण हुनेछ ।