images
images

भरतपुरमा रेणुलाई २ हजारभन्दा धेरै मतको अग्रता

काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले २१९८ मतको फराकिलो अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम नुसार रेनुले ११ हजार ७१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ९ हजार ५१८ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १३ हजार ८९१ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ७ हजार ७२८ मत पाएका छन् ।