images
images

पथरी शनिश्‍चरे नगरपालिकामा एमाले विजयी

काठमाडौँ - मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मोहनप्रसाद तुम्‍वापो १२ हजार ९ सय ५६ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नगेन्द्रबहादुर सुब्बालाई १ हजा ८ सय १० मतान्तरले पराजित गरेका हुन् । पराजित नगेन्द्रबहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार देवीमाया काफ्‍ले ११ हजार ७ सय ४७ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार कविता पराजुलीले ११ हजार ३ सय ९० मत ल्याएकी छन् ।