images
images

काठमाडौंमा झन्डै ८५ हजार मतगणना, कसले कति पाए ?

काठमाडौँ - काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ३१ हजार ४५९ मत प्राप्त गरेका छन् ।

८४ हजार ७९१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ६९१ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी १० वडाको मतगणना सकिएको छ । यीमध्ये १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटा वडा अध्यक्षमा एमाले र बाँकी वडामा कांग्रेस विजयी भएको छ ।