images
images

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ - प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।

आज मन्त्रालयगत छलफल हुने संसद सचिवालयले जनाएको छ । युवा मन्त्री, शहरी विकास, कृषि, शिक्षा, उद्योग, पर्यटन, परराष्ट्र, खानेपानी र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

सोमबार मन्त्रालयगत शीर्षकमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५ जना सांसदले संसदको जारी छलफल स्थगित गर्दै रसायनिक मल उपलब्ध गराउनेबारे जरुरी महत्वको प्रस्ताव पेश गरेको थियो।

साेमबारकाे बैठक मलमै केन्द्रित भएकाे थियाे ।