images
images

सडक खाना र यस्को गुणस्तर   

घर बाहिर खान रोज्नेको संख्या बढ्दै गएको छ ।  व्यवहारिकता र समयको बचतको कारणले यस खालको खानाको माग बढ्दो छ । रेस्टुरेन्ट, स्न्याक र सडक बजारहरुमा खानाको खपत बढ्दै गएको छ । पार्क, रेलवे स्टेशन, अस्पताल, स्कूल, अफिस क्यान्टिन र सडकका खा‌नाहरू शहरी मानिसहरू माझ लोकप्रिय छन् । किनभने यी खानाहरु सस्तो,  सुविधाजनक र आकर्षक हुन्छन । हाल विकासोन्मुख र विकसित देशहरूका अधिकांश शहरहरुमा यो सामान्य हुदै गएको छ ।

 

स्थानीय अर्थतन्त्रले गम्भिर संकटको सामना गरिरहेको क्षेत्रहरुमा समेत सडक खाना सजिलै देख्न सकिन्छ । मानिसहरूले अतिरिक्त आयको स्रोत‌को रूपमा खाना बिक्रीलाई अपनाउन थालेका छन् जसले घरको अर्थतन्त्रमा मदत गर्दछ र बेरोजगार व्यक्तिहरुबाट आय प्राप्त गर्ने एक माध्यम बनेको छ। सडक खाद्ययक्षेत्र विकासोन्मुख र औद्योगिक दुवै देशका धेरै शहरमा विशेषगरी खाजाको लागि खाद्यय वितरण प्रणालीको एक महत्त्वपूर्ण भाग भएको छ। यद्धपि खाद्य संक्रमणका कारण निश्चित सडक खानाले उपभोक्ताहरुमा महत्वपूर्ण जोखिम निम्त्याउन सक्छ । शिक्षाको न्यून स्तर तथा गुणस्तर खाद्यन्न सम्बन्धि व्यवहारिक शिक्षाको कमि भएका मानिसहरु द्वारा सडकमा बजारीकरण गरिने खाध्यान्न कतिको खा‌न उपयुक्त छ भन्ने कुरा छानबिनको विषय हो तथापी खाध्य सुरक्षा निकायहरू‌को अनुपयुक्त र कमजोर अवस्थाका कारण यो विषय चिन्ताको विषय बन्न गएको छ । सुरक्षित खाध्यान्नको आपूर्ति सुनिश्चित गर्ने माग  विश्वब्यापि रूपमा उत्पादक, उपभोक्ता र जनस्वास्थ्य अधिकारीहरूका लागि प्रमुख चुनौती र चिन्ताका रुपमा रहेको छ । किनभने यो अत्याधिक दूषित खानाहरूमा खराब सूक्ष्मजीवहरु हुन्छन् र स्वास्थ्यलाई असर पार्ने खानाजन्य रोगहरु निम्त्याउन सक्छन् ।

 

खानाको गुणस्तर नियन्त्रण आवश्यक छ, किनकि खाना ह्यान्डलरको अपर्याप्त स्वच्‍छता अभ्यासहरू र खाना तयार गर्ने वातावरणले खाना दूषित हुन सक्छ ।  । खानामा रोगजन्य ‌सूक्ष्मजीवहरुको प्रसारण खराब तरिकाले धोएको हातहरु र फोहोर लुगाहरु जस्तै खानाको तयारी र सेवा गर्दा लगाइने एप्रोनहरू तथा बाटोमा उड्‍ने धुलोका कारणले हुन्छ। दूषित खानाहरुले रोगजन्य सुक्ष्मजीवहरू वा बिषाक्त पदार्थहरु मार्फत विभिन्न तीव्र र दिर्घकालीन खाद्ययजनक रोगहरु निम्त्याएर सार्वजनिक स्वास्थ्यलाई खतरामा पार्न सक्छ । खाध्यजन्य रोगहरुले घातक परिणामहरु सहित पखाला, पेटदुखाई ,बान्ता, वाकवाकी मृगौला र कलेजो बिकार, मस्तिस्कमा विकार तथा क्यान्सर जस्ता विनासकारी स्वास्थ्य प्रभावहरु निम्त्याउन सक्छन् ।  यस्तो खानाले ग्यास्ट्राइन्टेराइटिस निम्याउने रोगजन्यहरुको लागि महत्वपूर्ण साधनको प्रतिनिधित्व गर्दछ । यी रोगहरूलाई रोक्न खाद्यय सेवाहरूमा राम्रो अभ्यासहरू लागू गर्न र गुणस्तर जाचँ गर्न आवश्यक छ । खानाको उचित व्यवस्थापनका लागि मापदण्ड र प्रक्रियाहरूको  तयारीमा विचार गर्नुपर्छ । यसरी तयार खानाको समयसमयमा माइक्रोबायलोजिकल विशेषताहरू परीक्षण गर्न सके राम्रो अभ्यासको परिणाम हुन सक्छ ।  यसबाट व्यापारिको मनमा डर साथै खानामा गुणस्तर ल्याउन सफल हुन सकिन्छ । खानेकुराहरुको माइक्रोबियल स्तर र मानव स्वास्थ्यको लागि आवश्यक पर्ने सुरक्षा बारे सबैलाई राम्रोसँग थाहा छैन । सडक खानाको ब्याक्टेरियोलोजिकल गुणस्तर थाहा पाउनु, सडक खानासँग सम्बन्धित सुरक्षा समस्याहरु पहिचान गर्नको लागि महत्वपूर्ण कारक हो ।

 

सडक खाना व्यापार  सबैजसो स्थानहरुमा अनियमित छ । यस प्रकारको तयारी संरक्षण र बिक्री सम्बन्धी विशेष कानूनले खाध्य सुरक्षा तथा गुणस्तर सुनिश्चित गर्न मदत गर्न सक्‍छ । त्यसैले निश्चित निकाय तथा गुणस्तर विभागले यो कुरालाई मध्यनजर राखेर पाइला चाल्नु आवश्यक छ।
(लेखक गुणस्तर मापन गर्ने संस्था आइआइक्यूए सँग सम्बद्ध हुनुहुन्छ । )