images
images

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने विषयमा प्रचण्ड र बाबुरामबीच छलफल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका निवर्तमान संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् ।

बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डका एक नातेदारको घरमा भएको भेटवार्तामा प्रचण्डले पार्टी एकताको प्रस्ताव राख्दै समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।

यसअघि भने भट्टराईले आफू फेरि कम्युनिस्ट पार्टीमा नफकैने बताउँदै आएका थिए ।

दुई नेताबीच यसअघि पनि भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ ।