images
images

फोन पे डिजिटल इकोनोमी सुरु हुँदै

काठमाडौँ - मुलुकको अर्थतन्त्र तिब्ररूपमा डिजिटाइजेशनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ । ब्राण्ड वर्थ प्रा.लि.को आयोजनामा होटल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो  । 

कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल: सानो बजार कि असिमित सम्भावना?’ तथा ‘हामीसँग नेपाली युनी कर्न पहिचान कहिले हुनेछ ?’ 

विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।