काठमाडौँ - नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजीत कुमार शाक्य नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितीको यही असार छ गते मंगलबार बसेको बैठकले शाक्यलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
यस अघि बैंकको प्रमुख कार्यकारी अधिकृतकामा अनिल केशरी शाह रहेका थिए ।
उनको कार्यकाल मंगलबार देखि नैं सकिएपछि बैंकले शाक्यलाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पेको हो ।