डा. गंगाधर चौधरी
हालको अवस्थामा फोहरमैलाको मात्रा दिनानुदिन बढ्दै गएको परिदृष्यमा फोहरमैला को उचित व्यवस्थापन प्रणालीको भुमिका महत्वपुर्ण रहेको छ। जनसङ्ख्या वृद्धी, शहरीकरण, मानिसहरुको आम्दानीमा वृद्धी भई खानपानको स्वाद र ढाँचामा परिवर्तन आउनु, फोहर विसर्जनमा नयाँ तकनीकीको प्रयोग गर्न नसक्नुले नै फोहरमैला व्यवस्थापनमा नयाँ ढङ्गले सोच्नु पर्ने आवश्यकता रहेको छ। फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको खण्डमा वातावरण दुषित भई त्यसको असर प्रत्यक्ष रुपमा जनतालाई नै पर्न जान्छ। जुन अहिले काठमाडौ उपत्यकावासीहरुले भोगि रहेको देख्न सकिन्छ। हाल काठमाडौ उपत्यकामा फोहरमैला व्यवस्थापन एक चुनौती बनेको छ। काठमाडौमा दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर निस्किने गरेको तथ्याङ्कले देखाउँ छ। घरबाट निस्केका फोहरमैला बिगत १६ बर्ष देखि नुवाकोटको सिसडोल र धादिङको बञ्चरे डाडाँमा विसर्जन गरिदै आएको छ। तर बिभिन्न कारणहरुले गर्दा फोहरमैला व्यबस्थापनमा समस्याहरु सिर्जना भएको छ, जुन हाल सम्मका नेतृत्व वर्गहरुले समाधान गर्न सकेका छैनन्। सरोकारवालाहरुले फोहर नउठाउदा बाटोमा नै फोहरको डुंगुर देखिन्छ र हैजा जस्ता रोग फैलिरहेको छ। यसले काठमाडौ उपत्यकाको सौन्दर्यलाई कुरुप बनाउने मात्र होइन, काठमाडौ उपत्यकामा खानेपानीको समस्या बिकराल बनिरहेको सन्दर्भमा यहाँका ईनार, ढुङगेधाराहरुको पानी दुषित भई उपत्यकावासीहरुको स्वस्थमा गंभिर असर परेको काठमाडौं उपत्यकावासीहरुले महशुस गरेको छ। फोहर व्यवस्थापन गर्ने प्रकृयामा फोहरलाई आधुनिक ढङ्गले व्यवस्थापन गरेको देखिदैन। जसले गर्दा डम्पिङ मैदानमा वायू प्रदूषण हुने, तरल लिचेड उत्पादनले खोलानाला मात्रै होइन जमिन मुनिको पानि पनि दुषित हुने, बिभिन्न प्रकारका ग्याँस उत्पादन भई बिस्फोट हुन सक्ने, अगलागि हुने, खुला स्थानमा फोहर फ्याकिदा चरा चरुङगीहरु मर्ने र खतरनाक किराहरु उत्पन्न हुने, जमिन बिग्रिने वा विषाक्त हुने इत्यादि समस्याहरु जन्मिन्छ। यस्ता समस्याहरुबाट निजात पाउँन आधुनिक किसिमले फोहर व्यबस्थापन गर्न आवश्यक हुन्छ। नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरीकलाई स्वच्छ र स्वस्थ वाताबरणमा बाँच्न पाउने मौलिक हकको व्यबस्था गरेको छ। तर सम्बन्धित सरोकारवालाहरुले नागरिकहरुलाई संबिधानमा उल्लेख गरेनुसार, मौलिक अधिकारको प्रत्याभुत पनि गराउन सकेका छैनन्। नेपालको राजधानी, काठमाडौं उपत्यका जस्तै बिभिन्न समस्याले ग्रसित केही अन्य शहरहरुमा सजिलै फोहरमैला व्यवस्थापन दिगो रुपले संचालन गर्दै उक्त गतिबिधिवाट आय आर्जन गरिरहेकोका छन्।
गत् २७ जुन २०२२ मा ICA India ले संचालन गरेको भारतको पुणेमा “Participatory Strategy Planning Workshop” मा भाग लिने अवसर प्राप्त भयो। ICA Nepal भाग लिने टोलिमा प्रा।डा। तत्व प्रसाद तिमिसिना, ICA Nepal कार्यकारी निर्देशक ईसु सुब्बा, श्रीमती सरला तिमिसिना र म सहितले महाराष्ट्रको मुम्बई सहरमा फोहर व्यबस्थापन कसरी गरिदै आएका छन् भन्ने विषयमा जानकारी लिने योजना बनायौं। तत्पश्चात, तालिमबाट फर्किने क्रममा ICA India बाट तालिममा सहभागी भएका मुम्बईका स्थानियबासी श्री संजय घनग्वाको सहयोगमा मुम्बई, चेम्बुर स्थित फोहर संकलन केन्द्रमा भ्रमण गरी त्यस ठाऊँमा फोहर व्यवस्थापनमा सहयोग गर्ने संगम प्रतिष्ठानकी सचीव सुश्री कोमल घागसंगको औपचारीक भेटघाटमा उनको कार्य क्षेत्रमा फोहरमैला व्यबस्थापन कसरी गरिएको रहेछ भन्ने कुरा जानकारी प्राप्त भयो। तिनै सन्दर्भहरुलाई यहाँ प्रस्तुत गरिएको छ।
गंगाराम, आज भन्दा २५ वर्ष पहिले M.A. को पढाई सके पाछि कामको खोजीमा उत्तर प्रदेशबाट मुम्बई आए। तुरुन्तै काम नपाए पछी खानका लागी पनि धौं धौ पर्यो। उनले चार वटा पानिको खाली प्लास्टिक बोतल बटुलेर रद्धि व्यपारीलाई दश रुपियामा बेचे र पाएको पैसाले वडा पाउँ खाएर भोक मेटाए। यदी मुम्बाईमा बस्नु छ भने यस्तै काम गरेर गुजारा गर्नु पर्ने उनले महसुस गरे र यसै पेशालाई आफ्नो गुजाराको साधन बनाए। आज उनी यही पेशामा यस कलेक्शन सेन्टरमा रमाइरहेका छन र आफ्नो एक छोरालाई स्कूलको शिक्षक र छोरीलाई जुनियर ईन्जीनियर बनाउन सफल भएका छन। |
मुम्बई मेट्रोपोलिटन क्षेत्र महानगरपालिकाको एक अध्ययन अनुसार, यस पेशामा करिब पच्हत्तर हजार मानिसहरु फोहर उठाउने कार्यमा मुम्बई शहरमा कार्यरत छन्। सुश्री कोमलको वुबाको भनाई अनुसार मुम्बई सहर दुई भागमा विभाजित छ- ग्रेटर मुम्बई र यसको वरपरको क्षेत्र- मुम्बई मेट्रोपोलिटन क्षेत्र (MMR) भनिने सम्पूर्ण सात नगर निगमहरूको समूहद्वारा शासित छ। २०२२ को तथ्याङक अनुसार मुम्बईको जनसंख्या २,०९,६१,४७३ रहेको छ र ४७६.२४ वर्ग कि.मी. मा फैलिएको छ। यस बाहेक करिब पचास लाख मानिसहरु दैनिकी रुपले मुम्बई सहरमा आउने जाने गर्दछन्। भारतको संविधानमा नै फोहरमैला व्यबस्थापनको अधिकार नगरपालिकाहरुलाई दिईएकोछ। क्रमश: बढ्दो जनसंख्याको चापले, मुम्बई शहरमा फोहरमैला व्यबस्थापन चुनौतीको रुपमा रहेको छ। मुम्बई मेट्रोपोलिटन क्षेत्रले आफैले घर घर गएर फोहर संकलन गरी डम्पिङ क्षेत्रमा सबै प्रकारका फोहर बिसर्जन गर्दै आईरहेको थियो। यसले गर्दा वाताबरण प्रदुषित भई खुला क्षेत्र तथा अवैध डम्पिङमा मैदानमा फोहर फ्याकिने कार्यले गर्दा डम्पिङ मैदान वरपरका मानिसहरुका लागि स्वास्थ उपर खतरा भई फोहर व्यबस्थापन सफल नभएको र सो कार्य राजनितिको अखडा बनेको थियो। सडक छेउमा थुप्रियका फोहरले गर्दा मानिसहरुको मृत्यू दरमा ईजाफा भएको संकेत पाइयो। जनसंख्या बृद्धीको दरमा तिब्रताले गर्दा फोहरको मात्रा पनि बृद्धी भएकोले डम्पिङ मैदानको पनि कमी, भएको, डम्पिङ मैदानमा क्षमता भन्दा बढी फोहर फाल्ने, नजिकै रहेको खोलानालामा फोहरबाट निस्किएको लिचेटले (फोहरबाट निस्किएको तरल पदार्थ) खोलानाला दुषित हुने जसले गर्दा पानिमा पाईने जिव तथा बनस्पतिको नाशले त्यहाँको ईकोसिस्टम खलबलिएको र फोहर ओसार्ने गाडीहरुको बढी चहलपहलले वायू प्रदुशन बढी हुन थाल्यो। सवारी साधनबाट हुने उत्सर्जनबाट, प्रदुशकहरुमा CO2 , CO, HC. NOX र PM (कण पदार्थ) को नकारात्मक प्रभावले वायू मण्डलमा हरित ग्याँसको सृजना हुने प्रमुख कारकको रुपमा पत्ता लाग्यो, जसले गर्दा वाताबरणको तापक्रम बृद्धीमा टेवा पुर्याएको महशुस हुन थाल्यो। यहँको तापक्रम धेरै जसो महिनामा ४० देखी ५०⁰C सम्म पुग्ने हुनाले वार्षिक वर्षाको दायरा १८० देखी २४८ से.मी. को बीचमा पुगेको छ। जसबाट प्रतीकुल जलवायू परिवर्तन निम्त्याएको छ । प्राय: महानगरपालिकाको कार्यहरु टेन्डर प्रकृयाबाट नै गर्नुपर्ने बाध्यकारी प्रावधान रहेकोले फोहर व्यबस्थापन अति खर्चिलो हुने र समयमा सम्पन्न नहुने विगतको अनुभवले देखाएको छ। तर्सथ, यहाँका जनताहरु तथा निर्णयकर्ताहरुले, यसरी फोहर व्यबस्थापनमा केन्द्रीकृत प्रणाली असफल भएको महसुस गर्न थाले। विशेषज्ञहरुले, मुम्बईमा फोहर व्यबस्थापनमा क्रांतिकारी ढंगले समस्याको समाधान नभएमा सन् २०२५ सम्ममा दैनिक दस हजार मेट्रिक टन फोहर निस्किने छ र यसलाई व्यबस्थापन गर्न झन जटील हुनेछ भन्ने भविष्यवाणी समेत गरिसकेका छन्।
कोमलिकाको वुबाले एउटा वाढिको घटना, जुन सन् २००५ मा मुम्बईमा घटेको थियो त्यसको संस्मरण गर्दै, करिब बिगत १०० वर्षमा मुम्बई शहरमा २४ घन्टाको दौरानमा ९४४ मी.मी. पानी परेको घटना वारे प्रकाश पार्नु भयो। सम्पुर्ण मुम्बई शहर डुबानमा परेको र यसबाट धेरै ठुलो क्षति बेहोर्नु परेको थियो। यस बाढिले गर्दा १००० भन्दा माथी मानिसहरुको मृत्यू भएको, १४०० घरहरु भत्केको, ३७००० अटो रिक्साहरु, ४०० टैक्सिहरु, ५२ लोकल ट्रेन डुवानमा परेको र करिब १०० मिलियन डलर बराबरको नोक्सान भएको थियो। यो विपत्तको मूख्य कारणमा धेरै वर्षा हुनु, बढ्दो शहरीकरणले अनियन्त्रित भौतिक पूर्वाधारहरुको विकास हुनु र जथाभावी फोहर फाल्नाले प्लास्टिक जन्य वस्तुले गर्दा ढल जाम हुनु लाई लिईएको थियो। यो घटनाबाट पाठ सिक्दै प्लास्टिक जन्य वस्तुको उत्पादनमा रोक लगाउने कार्यलाई अघि बढाउन पनि खोजियो तर मानिसहरुको दैनिक जिवनमा बढी प्लास्टिकको प्रयोग गर्ने बानी तथा प्लास्टिक उत्पादन गर्ने ठुला ठुला उध्योग र तिनमा कार्य गर्ने लाखौ मजदुरहरुको आम्दानीको वैकल्पि व्यबस्था हुन नसक्ने संभावनाले गर्दा प्लास्टिक उत्पादनमा रोक लगाउन, महानगरपालिकाले यस सम्बन्धी कुनै कानुन ल्याउन सकेनन्। मुम्बई शहरमा बस्ने मानिसहरुले फोहर मैलाको व्यबस्थापन महानगरपालिकाको हो भन्दै फोहर व्यबस्थापन नहुँदा महानगरपालिकालाई दोष दिदै आएका थिए। महानगरपालिकाले बिभिन्न चरणमा कानुनको बदलाव गरेता पनि सन् २०१६ मा भारतमा “स्वच्छ भारत सरसफाई अभियान” लागु भइसकेपछि मुम्बई महानगरपालिकाले आफ्नो कानुनलाई प्रभावकारी बनायो जसमा “कुनै पनि व्यक्तिले आफुले उत्पादन गरेको फोहर मैलालाई सडकमा, सार्वजनिक स्थानमा वा नाला वा जलाशयमा फाल्न, जलाउन वा गाड्नमा प्रतिबन्ध लगायो। साथ साथै फोहर सङकलन गर्नेलाई “प्रयोगकर्ता शुल्क” र फोहर फाल्ने र पृथकिकरण नगर्नेलाई ‘स्पट फाईन’ तिर्नु पर्ने बाध्यकारी नियमको व्यबस्था गरियो। कानुन उलङघन गरेको खण्डमा भारतिय रुपियाँ पाँच हजार देखी वीस हजार सम्म प्रति बिल्डिङका दरले जरिवाना गर्न सक्ने प्रावधान महानगरपालिकाले ल्यायो। यस विषयलाई जनस्तर सम्म पुर्याउन बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु प्रयोगमा ल्याइए। स्थानिय टेलिभिजन, रेडियो कार्यक्रम, सडक नाटक, पम्पलेट पोष्टरहरुबाट व्यापक रुपले जनचेतना अगाडी बढाइयो। यस कार्यक्रमले समाजमा केहि महिना अगाडि फोहरमैला व्यबस्थापन गर्ने कार्य महानगरपालिकाको हो भन्ने मानसिकतमा परिवर्तन भई “मैले गरेको फोहर मैले नै व्यबस्थापन गर्नु पर्छ ( My Waste My Responsibility)” को नाराले व्यापकता पायो र बिस्तारै जनमानसको मानसिकतामा परीवर्तनको शुरुवात भयो। फोहरमैला व्यबस्थापनका लागी महानगरपालिका भित्र छुट्टै संरचना खडा गरी Municipal Commissioner अन्तर्गत ईन्जिनियरहारु राखि फोहर व्यबस्थापनलाई नयाँ ढंगले अगाडि बढाइयो। फोहर व्यबस्थापन गर्न बिकेन्द्रकरण निति अनुरुप अड्चालिस हजार सात सय अठार कर्मचारी मध्ये एक्तीस हजार छ सय अठहत्तर कर्मचारीहरुलाई स्थायी नियूक्ति गरी अन्य कर्मचारीहरु बिभिन्न NGO हरु मार्फत प्रयोगमा ल्याई कामलाई तिब्रता दिइएको छ। महानगरपालिका तथा निजी तहबाट ठुला साना गरेर ११० वटा आधुनिक गाडीहरु फोहर व्यबस्थापनका लागि प्रयोगमा ल्याइएको छ।
महानगरपालिका र NGO हरुको प्रयासबाट कर्मचारीहरु द्वारा मुम्बई सहर भित्र दैनिकि रुपले २००० कि.मी. मध्ये १७५० कि.मी. सडक बढार्ने र बाँकी बाटो यान्त्रिक गाडीहरुको प्रयोग बाट सफाई गरिदै छ। ती कर्मचारीहरुलाई सरसफाई गर्ने, फोहर संकलन गर्ने, गाडीमा फोहर राख्ने र सुख्खा फोहरलाई वर्गीकरण गरी संबन्धित कारखानाहरुमा पठाउने काममा लगाईएको छ। यस संकलन केद्रमा १५१ किसिमका सुख्खा फोहरहरु छुट्याउने कार्य गर्दै आएका छन्। फोहर संकलनकर्ताले श्रोतमै कुहिने र नकुहिने फोहर पृथकिकरण गरेर संकलकन गर्न थाले। यदि कुनै बिल्डिङको परिसरबाट एक सय के.जी. भन्दा बढी फोहर जम्मा हुने अवस्था भयो भने त्यो बिल्डिङले छुट्टै Organic Waste Compost Machine (OWC) राखी कुहिने फोहरलाई कम्पोस्ट बनाउनु पर्ने प्रावधान लागु गरे। हाल १६९८ वटा OWC संचालनमा ल्याएर श्रोत मै कुहिने फोहरलाई व्यबस्थापन गरिदै छ। बाटोमा फोहर संकलनका लागी राखिएका कन्टेनरहरुलाई हटाईदै घर घर मै पृथकिकरण गरिएको फोहर संकलन गर्ने कार्यलाई तिब्रता दिईएको छ। यी कार्यहरु गर्नमा महानगरपालिकाले स्थानिय NGO हरुको सहयोग लिएको देखिन्छ। हरेक सेक्टरबाट यस्ता सुख्खा फोहरलाई संकलन गरी महानगरपालिकाले उपलब्ध गराइएको गाडीहरुबाट फोहर संकलन केन्द्रमा ल्याई ति नकुहिने फोहरलाई फेरी फोहरको किसिम हेरी पृथकिकरण गरिन्छ। हाल मुम्बईमा ४६ वटा यस्ता ठोस फोहर संकलन गर्ने ठाउँ महानगरपालिकाले उपलब्ध गराएको छ र यसको संचालन सफाईकर्मीहरुले NGO को मातहतमा गरिरहेकोछन। यिनिहरुलाई महानगरपालिकाले सुख्खा फोहर घर घरबाट उठाउन ९४ वटा गाडिहरु उपलब्ध गराएका छन्। यी गाडिहरुमा GPS जडान गरिएको छ, जसको मार्फत सवै गाडिहरुलाई वास्तबिक समयमा निगरानी गरिरहेका हुन्छन। फोहर संकलन केन्द्रहरुमा कागज, कार्डबोर्ड, सिसा, प्लास्टीक, धातु ईत्यादिहरुलाई फरक फरक बोराहरुमा राखीन्छ। ति बोराहरु रिसाईकल गर्नका लागी सम्बन्धित प्रशोध कारखानामा पुर्याइन्छ। ती कारखानाहरुले त्यस्ता नकुहिने सामानहरु खरिद गर्छन जसको आम्दानीबाट फोहर संकलनकर्ताहरुको दैनिकि चल्छ। प्रत्येक फोहरको मूल्य संकलन केन्द्रमा प्रष्ट संग उल्लेख गरिएको हुन्छ। रिसाईकल भएको कच्चा पदार्थबाट बिभिन्न किसिमका सामानहरु को उत्पादन गरी बजारमा ल्याईन्छ। अर्को महत्वपुर्ण
नियममा कुनै कारखानाले उत्पादन गरेको सामानबाट फोहर निस्किने सामान छ भने केही रकम फोहर व्यबस्थापनका लागी महानगरपालिका लाई तिर्नु पर्ने हुन्छ। उदाहरणका लागी, कुनै कारखानाले खानेपानीका लागी प्लास्टिकको बोतल उत्पादन गर्छ भने त्यो कारखानाले प्रति गोटा समान्यत: १५ पैसाको दरले महानगरपालिकालाई फोहर वापत शुल्क तिर्ने गर्छ। यी बाहेक कारखानाबाट निस्केका फोहर, घरबाट निस्केका कुहिने फोहरलाई ढुवानी गरेर खुला मैदानमा डम्पिङ गरिन्छ। कन्जुरा डम्पिङ केन्द्रमा वायो रेक्टर तकनिकिको प्रयोगले ग्याँस उत्पादन गर्ने र कम्पोष्ट बनाउने कार्यलाई पनि तिब्रता दिइएको छ। जसमा दैनिकि रुपले ४५०० टन फोहर लाई प्रयोग गरी ग्यासँ उत्पादन गर्दछन। यसरी नै महानगरपालिकाले सरसफाई गर्ने मानिसहरुलाई नियमित रुपले तालिम संचालन गरिरहेको छ। यसमा बिभिन्न प्रकारका फोहरलाई पृथकिकरण गर्ने घरेलु पद्धति द्वारा प्रशोधन गर्ने वारे पनि तालिम प्रदान गर्दै आएकोछ। संकलन गरेको फोहरलाई जलाउनु हुदैन, यसले वाताबरण प्रदुषण हुने र फोहरलाई फोहरको प्रकार हेरी भीन्ना भिनै कन्टेनरमा राख्ने, कम्पोस्ट मल तयार गर्ने भनी जनचेतना पनि जगाईरखेको छ।
अन्तिममा, मुम्बई महानगरपालिकाले फोहर व्यबस्थापन जटिल प्रकृया तथा चुनौतीको रुपमा लिई यस कामलाई अगाडि बढाईरहेको देखिन्छ। वर्षौ देखी बिभिन्न प्रयास गरेतापनि पूर्ण रुपले फोहर व्यबस्थापन कार्यलाई सफल बनाउन सकेका छैनन्। हालको अवस्थामा, काठमाडौ महानगरपालिकामा फोहर व्यबस्थापन को स्थिति निकै नै भयाबहको छ। यस कार्यलाई महानगरपालिकाले एक्लै मात्र पनि गर्न सक्दैन र NGO हरु साथै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार फोहर व्यबस्थापनलाई अगाडी बढाउने कार्यमा जोड दिनुपर्ने विज्ञहरुले भन्दै आईरहेको छ। बढ्दो जनसङख्या र राज्यमा शहरी क्षेत्रको अर्थ व्यबस्थाले गर्दा फोहरमैला उत्पादनमा दिनानुदिन बढोत्तरी भैरहेको छ। यसलाई सुधार गर्न राम्रो कानुनको कार्यान्वयन सहित फोहर व्यबस्थापनका संरचनाको सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण, अद्यावधिक प्रविधिको प्रयोग, राम्रो प्रशिक्षित कर्मचारीहरुको संलग्नता, अधिक जनशक्ति परिचालन, जनतामा जागरूकताको अभिवृद्धि र अनिद्धृकृत राजनैतिक हस्तक्षेपको रुकावट गर्न सकेमा फोहरलाई मोहरको रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वास जनमानसमा रहेको देखिन्छ।
भनिने सम्पूर्ण सात नगर निगमहरूको समूहद्वारा शासित छ। २०२२ को तथ्याङक अनुसार मुम्बईको जनसंख्या २,०९,६१,४७३ रहेको छ र ४७६।२४ वर्ग कि.मी. मा फैलिएको छ। यस बाहेक करिब पचास लाख मानिसहरु दैनिकी रुपले मुम्बई सहरमा आउने जाने गर्दछन्। भारतको संविधानमा नै फोहरमैला व्यबस्थापनको अधिकार नगरपालिकाहरुलाई दिईएकोछ। क्रमश बढ्दो जनसंख्याको चापले, मुम्बई शहरमा फोहरमैला व्यबस्थापन चुनौतीको रुपमा रहेको छ। मुम्बई मेट्रोपोलिटन क्षेत्रले आफैले घर घर गएर फोहर संकलन गरी डम्पिङ क्षेत्रमा सबै प्रकारका फोहर बिसर्जन गर्दै आईरहेको थियो। यसले गर्दा वाताबरण प्रदुषित भई खुला क्षेत्र तथा अवैध डम्पिङमा मैदानमा फोहर फ्याकिने कार्यले गर्दा डम्पिङ मैदान वरपरका मानिसहरुका लागि स्वास्थ उपर खतरा भई फोहर व्यबस्थापन सफल नभएको र सो कार्य राजनितिको अखडा बनेको थियो। सडक छेउमा थुप्रियका फोहरले गर्दा मानिसहरुको मृत्यू दरमा ईजाफा भएको संकेत पाइयो। जनसंख्या बृद्धीको दरमा तिब्रताले गर्दा फोहरको मात्रा पनि बृद्धी भएकोले डम्पिङ मैदानको पनि कमी, भएको, डम्पिङ मैदानमा क्षमता भन्दा बढी फोहर फाल्ने, नजिकै रहेको खोलानालामा फोहरबाट निस्किएको लिचेटले ९फोहरबाट निस्किएको तरल पदार्थ खोलानाला दुषित हुने जसले गर्दा पानिमा पाईने जिव तथा बनस्पतिको नाशले त्यहाँको ईकोसिस्टम खलबलिएको र फोहर ओसार्ने गाडीहरुको बढी चहलपहलले वायू प्रदुशन बढी हुन थाल्यो। सवारी साधनबाट हुने उत्सर्जनबाट, प्रदुशकहरुमा CO2 , CO, HC. NOX र Pm (कण पदार्थ) को नकारात्मक प्रभावले वायू मण्डलमा हरित ग्याँसको सृजना हुने प्रमुख कारकको रुपमा पत्ता लाग्यो, जसले गर्दा वाताबरणको तापक्रम बृद्धीमा टेवा पुर्याएको महशुस हुन थाल्यो। यहँको तापक्रम धेरै जसो महिनामा ४० देखी ५०⁰c सम्म पुग्ने हुनाले वार्षिक वर्षाको दायरा १८० देखी २४८ से.मी. को बीचमा पुगेको छ। जसबाट प्रतीकुल जलवायू परिवर्तन निम्त्याएको छ । प्रायस् महानगरपालिकाको कार्यहरु टेन्डर प्रकृयाबाट नै गर्नुपर्ने बाध्यकारी प्रावधान रहेकोले फोहर व्यबस्थापन अति खर्चिलो हुने र समयमा सम्पन्न नहुने विगतको अनुभवले देखाएको छ। तर्सथ, यहाँका जनताहरु तथा निर्णयकर्ताहरुले, यसरी फोहर व्यबस्थापनमा केन्द्रीकृत प्रणाली असफल भएको महसुस गर्न थाले। विशेषज्ञहरुले, मुम्बईमा फोहर व्यबस्थापनमा क्रांतिकारी ढंगले समस्याको समाधान नभएमा सन् २०२५ सम्ममा दैनिक दस हजार मेट्रिक टन फोहर निस्किने छ र यसलाई व्यबस्थापन गर्न झन जटील हुनेछ भन्ने भविष्यवाणी समेत गरिसकेका छन्।
कोमलिकाको वुबाले एउटा वाढिको घटना, जुन सन् २००५ मा मुम्बईमा घटेको थियो त्यसको संस्मरण गर्दै, करिब बिगत १०० वर्षमा मुम्बई शहरमा २४ घन्टाको दौरानमा ९४४ मी.मी. पानी परेको घटना वारे प्रकाश पार्नु भयो। सम्पुर्ण मुम्बई शहर डुबानमा परेको र यसबाट धेरै ठुलो क्षति बेहोर्नु परेको थियो। यस बाढिले गर्दा १००० भन्दा माथी मानिसहरुको मृत्यू भएको, १४०० घरहरु भत्केको, ३७००० अटो रिक्साहरु, ४०० टैक्सिहरु, ५२ लोकल ट्रेन डुवानमा परेको र करिब १०० मिलियन डलर बराबरको नोक्सान भएको थियो। यो विपत्तको मूख्य कारणमा धेरै वर्षा हुनु, बढ्दो शहरीकरणले अनियन्त्रित भौतिक पूर्वाधारहरुको विकास हुनु र जथाभावी फोहर फाल्नाले प्लास्टिक जन्य वस्तुले गर्दा ढल जाम हुनु लाई लिईएको थियो। यो घटनाबाट पाठ सिक्दै प्लास्टिक जन्य वस्तुको उत्पादनमा रोक लगाउने कार्यलाई अघि बढाउन पनि खोजियो तर मानिसहरुको दैनिक जिवनमा बढी प्लास्टिकको प्रयोग गर्ने बानी तथा प्लास्टिक उत्पादन गर्ने ठुला ठुला उध्योग र तिनमा कार्य गर्ने लाखौ मजदुरहरुको आम्दानीको वैकल्पि व्यबस्था हुन नसक्ने संभावनाले गर्दा प्लास्टिक उत्पादनमा रोक लगाउन, महानगरपालिकाले यस सम्बन्धी कुनै कानुन ल्याउन सकेनन्। मुम्बई शहरमा बस्ने मानिसहरुले फोहर मैलाको व्यबस्थापन महानगरपालिकाको हो भन्दै फोहर व्यबस्थापन नहुँदा महानगरपालिकालाई दोष दिदै आएका थिए। महानगरपालिकाले बिभिन्न चरणमा कानुनको बदलाव गरेता पनि सन् २०१६ मा भारतमा “स्वच्छ भारत सरसफाई अभियान” लागु भइसकेपछि मुम्बई महानगरपालिकाले आफ्नो कानुनलाई प्रभावकारी बनायो जसमा “कुनै पनि व्यक्तिले आफुले उत्पादन गरेको फोहर मैलालाई सडकमा, सार्वजनिक स्थानमा वा नाला वा जलाशयमा फाल्न, जलाउन वा गाड्नमा प्रतिबन्ध लगायो। साथ साथै फोहर सङकलन गर्नेलाई “प्रयोगकर्ता शुल्क” र फोहर फाल्ने र पृथकिकरण नगर्नेलाई ‘स्पट फाईन’ तिर्नु पर्ने बाध्यकारी नियमको व्यबस्था गरियो। कानुन उलङघन गरेको खण्डमा भारतिय रुपियाँ पाँच हजार देखी वीस हजार सम्म प्रति बिल्डिङका दरले जरिवाना गर्न सक्ने प्रावधान महानगरपालिकाले ल्यायो। यस विषयलाई जनस्तर सम्म पुर्याउन बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु प्रयोगमा ल्याइए। स्थानिय टेलिभिजन, रेडियो कार्यक्रम, सडक नाटक, पम्पलेट पोष्टरहरुबाट व्यापक रुपले जनचेतना अगाडी बढाइयो। यस कार्यक्रमले समाजमा केहि महिना अगाडि फोहरमैला व्यबस्थापन गर्ने कार्य महानगरपालिकाको हो भन्ने मानसिकतमा परिवर्तन भई “मैले गरेको फोहर मैले नै व्यबस्थापन गर्नु पर्छ ( My Waste My Responsibility)” को नाराले व्यापकता पायो र बिस्तारै जनमानसको मानसिकतामा परीवर्तनको शुरुवात भयो। फोहरमैला व्यबस्थापनका लागी महानगरपालिका भित्र छुट्टै संरचना खडा गरी Municipal Commissioner अन्तर्गत ईन्जिनियरहारु राखि फोहर व्यबस्थापनलाई नयाँ ढंगले अगाडि बढाइयो। फोहर व्यबस्थापन गर्न बिकेन्द्रकरण निति अनुरुप अड्चालिस हजार सात सय अठार कर्मचारी मध्ये एक्तीस हजार छ सय अठहत्तर कर्मचारीहरुलाई स्थायी नियूक्ति गरी अन्य कर्मचारीहरु बिभिन्न ल्न्इ हरु मार्फत प्रयोगमा ल्याई कामलाई तिब्रता दिइएको छ। महानगरपालिका तथा निजी तहबाट ठुला साना गरेर ११० वटा आधुनिक गाडीहरु फोहर व्यबस्थापनका लागि प्रयोगमा ल्याइएको छ। महानगरपालिका र ल्न्इ हरुको प्रयासबाट कर्मचारीहरु द्वारा मुम्बई सहर भित्र दैनिकि रुपले २००० कि.मी. मध्ये १७५० कि.मी. सडक बढार्ने र बाँकी बाटो यान्त्रिक गाडीहरुको प्रयोग बाट सफाई गरिदै छ। ती कर्मचारीहरुलाई सरसफाई गर्ने, फोहोर संकलन गर्ने, गाडीमा फोहोर राख्ने र सुख्खा फोहरलाई वर्गीकरण गरी संबन्धित कारखानाहरुमा पठाउने काममा लगाईएको छ। यस संकलन केद्रमा १५१ किसिमका सुख्खा फोहरहरु छुट्याउने कार्य गर्दै आएका छन्। फोहर संकलनकर्ताले श्रोतमै कुहिने र नकुहिने फोहर पृथकिकरण गरेर संकलकन गर्न थाले। यदि कुनै बिल्डिङको परिसरबाट एक सय के।जी। भन्दा बढी फोहर जम्मा हुने अवस्था भयो भने त्यो बिल्डिङले छुट्टै Organic Waste Compost Machine (OWC) राखी कुहिने फोहरलाई कम्पोस्ट बनाउनु पर्ने प्रावधान लागु गरे। हाल १६९८ वटा OWC संचालनमा ल्याएर श्रोत मै कुहिने फोहरलाई व्यबस्थापन गरिदै छ। बाटोमा फोहोर संकलनका लागी राखिएका कन्टेनरहरुलाई हटाईदै घर घर मै पृथकिकरण गरिएको फोहर संकलन गर्ने कार्यलाई तिब्रता दिईएको छ। यी कार्यहरु गर्नमा महानगरपालिकाले स्थानिय GPS हरुको सहयोग लिएको देखिन्छ। हरेक सेक्टरबाट यस्ता सुख्खा फोहरलाई संकलन गरी महानगरपालिकाले उपलब्ध गराइएको गाडीहरुबाट फोहर संकलन केन्द्रमा ल्याई ति नकुहिने फोहरलाई फेरी फोहरको किसिम हेरी पृथकिकरण गरिन्छ। हाल मुम्बईमा ४६ वटा यस्ता ठोस फोहर संकलन गर्ने ठाउँ महानगरपालिकाले उपलब्ध गराएको छ र यसको संचालन सफाईकर्मीहरुले ल्न्इ को मातहतमा गरिरहेकोछन। यिनिहरुलाई महानगरपालिकाले सुख्खा फोहर घर घरबाट उठाउन ९४ वटा गाडिहरु उपलब्ध गराएका छन्। यी गाडिहरुमा NGO जडान गरिएको छ, जसको मार्फत सवै गाडिहरुलाई वास्तबिक समयमा निगरानी गरिरहेका हुन्छन। फोहर संकलन केन्द्रहरुमा कागज, कार्डबोर्ड, सिसा, प्लास्टीक, धातु ईत्यादिहरुलाई फरक फरक बोराहरुमा राखीन्छ। ति बोराहरु रिसाईकल गर्नका लागी सम्बन्धित प्रशोध कारखानामा पुर्याइन्छ। ती कारखानाहरुले त्यस्ता नकुहिने सामानहरु खरिद गर्छन जसको आम्दानीबाट फोहर संकलनकर्ताहरुको दैनिकि चल्छ। प्रत्येक फोहरको मूल्य संकलन केन्द्रमा प्रष्ट संग उल्लेख गरिएको हुन्छ। रिसाईकल भएको कच्चा पदार्थबाट बिभिन्न किसिमका सामानहरु को उत्पादन गरी बजारमा ल्याईन्छ। अर्को महत्वपुर्ण नियममा कुनै कारखानाले उत्पादन गरेको सामानबाट फोहर निस्किने सामान छ भने केही रकम फोहर व्यबस्थापनका लागी महानगरपालिका लाई तिर्नु पर्ने हुन्छ। उदाहरणका लागी, कुनै कारखानाले खानेपानीका लागी प्लास्टिकको बोतल उत्पादन गर्छ भने त्यो कारखानाले प्रति गोटा समान्यतस् १५ पैसाको दरले महानगरपालिकालाई फोहर वापत शुल्क तिर्ने गर्छ। यी बाहेक कारखानाबाट निस्केका फोहर, घरबाट निस्केका कुहिने फोहरलाई ढुवानी गरेर खुला मैदानमा डम्पिङ गरिन्छ। कन्जुरा डम्पिङ केन्द्रमा वायो रेक्टर तकनिकिको प्रयोगले ग्याँस उत्पादन गर्ने र कम्पोष्ट बनाउने कार्यलाई पनि तिब्रता दिइएको छ। जसमा दैनिकि रुपले ४५०० टन फोहर लाई प्रयोग गरी ग्यासँ उत्पादन गर्दछन। यसरी नै महानगरपालिकाले सरसफाई गर्ने मानिसहरुलाई नियमित रुपले तालिम संचालन गरिरहेको छ। यसमा बिभिन्न प्रकारका फोहरलाई पृथकिकरण गर्ने घरेलु पद्धति द्वारा प्रशोधन गर्ने वारे पनि तालिम प्रदान गर्दै आएकोछ। संकलन गरेको फोहरलाई जलाउनु हुदैन, यसले वाताबरण प्रदुषण हुने र फोहरलाई फोहरको प्रकार हेरी भीन्ना भिनै कन्टेनरमा राख्ने, कम्पोस्ट मल तयार गर्ने भनी जनचेतना पनि जगाईरखेको छ।
अन्तिममा, मुम्बई महानगरपालिकाले फोहर व्यबस्थापन जटिल प्रकृया तथा चुनौतीको रुपमा लिई यस कामलाई अगाडि बढाईरहेको देखिन्छ। वर्षौ देखी बिभिन्न प्रयास गरेतापनि पूर्ण रुपले फोहोर व्यबस्थापन कार्यलाई सफल बनाउन सकेका छैनन्। हालको अवस्थामा, काठमाडौ महानगरपालिकामा फोहोर व्यबस्थापन को स्थिति निकै नै भयाबहको छ। यस कार्यलाई महानगरपालिकाले एक्लै मात्र पनि गर्न सक्दैन र NGO हरु साथै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार फोहर व्यबस्थापनलाई अगाडी बढाउने कार्यमा जोड दिनुपर्ने विज्ञहरुले भन्दै आईरहेको छ। बढ्दो जनसङख्या र राज्यमा शहरी क्षेत्रको अर्थ व्यबस्थाले गर्दा फोहरमैला उत्पादनमा दिनानुदिन बढोत्तरी भैरहेको छ। यसलाई सुधार गर्न राम्रो कानुनको कार्यान्वयन सहित फोहर व्यबस्थापनका संरचनाको सुदृढीकरण, भ्रष्टाचार न्यूनीकरण, अद्यावधिक प्रविधिको प्रयोग, राम्रो प्रशिक्षित कर्मचारीहरुको संलग्नता, अधिक जनशक्ति परिचालन, जनतामा जागरूकताको अभिवृद्धि र अनिद्धृकृत राजनैतिक हस्तक्षेपको रुकावट गर्न सकेमा फोहोरलाई मोहरको रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वास जनमानसमा रहेको देखिन्छ।